Rule 23
पुरानो हाल आवादीसम्बन्धी
(१) यो नियमावली प्रारम्भ हुनुभन्दा अघि हाल आवादी
सम्बन्धी दरखास्त परी जा“चबुझ र सरजमीन भई तत्कालीन हाल आवादी समितिले
बढी दर्ता गर्ने निर्णय भइसेकेको जग्गाको हकमा मालपोत कार्यालयले नियम १९
बमोजिम दस्तूर लिई दर्खास्तवालाको नाममा सो जग्गा दर्ता गरी दिनु पर्नेछ ।
(२) यो नियमावली प्रारम्भ हुनुभन्दा अघि हाल आवादीको लागि दर्खास्त मात्र
परेकोमा मालपोत कार्यालयले त्यस्तो जग्गाको हकमा नियम १८ बमोजिम आवश्यक
नाप जांच गरी समितिमा निर्णयको लागि पेश गर्नु पर्नेछ ।